प्यारेन्ट कनेक्ट कार्यक्रमले समुदाय निर्माण गर्नमा रुचि भएका आमाहरूको व्यवस्थापन गरि आप्रवासी र शरणार्थीहरूसँग साझेदार गर्छ। हामी संसारमा गहिरो र थप प्रभावकारी रूपमा संलग्न भएर काग गर्ने चाहना राख्ने महिलाहरूसँग काम गर्छौं र हाम्रा सहभागीहरूलाई आवश्यक पर्ने श्रोत, शिक्षा, र सञ्जालहरू निर्धारण गर्न सहयोग गर्छौं।
हामी प्रत्येक व्यक्तिको आत्म-दृढता र आवाज हुन्छ भनी विश्वास गर्छौं र हामी ती आवाजहरू उठाउनको लागि स्थान प्रदान गर्दछौँ।
छलफल र समूह अन्तर्क्रियाको माध्यमले महिलाहरूले आफूहरू बीच सम्बन्ध विकास गर्छन्, र आफू प्रति र एक अर्का प्रति विश्वास गर्छन्। समयसँगै उत्पन्न हुने कुरा भनेको लक्ष्यहरू निर्धारण गर्न र हासिल गर्न, आवश्यकताहरूको अभिव्यक्ति गर्न, बलियो परिवारहरूको पोषण गर्न श्रोतहरूमा पहुँच गर्न र सुरक्षित तथा अल्पसंख्यक समुदायहरूको ज्ञान र आत्मविश्वास हो।
यदि तपाईं आफ्नो समुदायमा प्यारेन्ट कनेक्ट कार्यक्रम आयोजन गर्न इच्छुक हुनुहुन्छ भने हर्टल्याण्ड डेमोक्रेसीले तपाईंलाई आवश्यक उपकरण र श्रोतहरूले सुसज्जित गर्नको लागि तालिम प्रदान गरिरहेको छ।
मितिहरू: विहीबार र शुक्रबार मे 2 र 3
समय: बिहान 9:00 बजे देखि साँझ 4:00 बजे सम्म
स्थान: The MN Humanities Center, 987 Ivy Avenue East, St Paul, MN 55106 (एमएन ह्युमानिटिज सेन्टर, 987, आइभी एभेन्यु इस्ट, सेन्ट पौल, एमएन 55106)
दर्ताको अन्तिम मिति: शुक्रबार, अप्रिल 19
सीमित अङ्ग्रेजी भाषाको सीप भएकाहरूलाई स्वागत छ; आवश्यक परेमा अनुवादकहरू उपलब्ध गराउन सकिन्छ।
तालिम नि:शुल्क हुनेछ।
थप जानकारीको लागि र दर्ता गर्नको लागि कृपया बेट्सी सित्कोफ लाई sitkoffb@gmail.comमा सम्पर्क गर्नुहोस्